हाँस्य टेलिश्रृंखला तीतोसत्यमा नक्कली हिसिलम यमीको भूमिका गर्दै आएकी
विपना बस्नेत नक्कली बाबुराम अजय रेग्मीसंग स्टेजमा हिड्न थालेकी छिन् ।
अजय रेग्मी नक्कली बाबुरामको हुबहु गेटप गर्ने बाबुरामको एउटा रुप हुन् ।
उनले नेपाल टेलिभिजनको अर्को चर्चित टेलिश्रंखला मेरीबास्सै तथा भद«गोलमा
आजसम्म कसैले गर्न नसकेको मोहन बैद्यको रोल समेत गरिसकेका छन् । बाबुरामको
हुबहु नक्कल गर्न सक्ने भएर रेग्मीको अहिले स्टेजतिर समेत डिमाण्ड बढ्न
थालेको छ । त्यसका लागि उनले नक्कली हिसिला यमी अर्थात विपना बस्नेतलाई
स्टेजका लागि पार्टनर बनाएका हुन् । रेग्मीले बाबुरामको मात्र होइन अरु
१०–११ नेताको पनि दुरुस्तै क्यारीकेचर गर्छन स्टेजमा । त्यक्रममा उनले
विवास्पद एसएसपी रमेश खरेलको पनि गेटप अभिनय गरिसकेका छन् ।
स्नातक तहको अध्धयन गर्दै आफनो कलाकारीतालाई पनि अगाडि बढाईरहेका उनी
निकट भविष्यमा आफैले एउटा सिरियल बनाउँने योजनामा छन् । उनले यसैपटक दई
तीनवटा तीजको म्यूजिक भीडियोमा समेत अभिनय गरेका छन् । हालसम्म ४० वटा
भन्दा बढी जिल्लामा स्टेज प्रोगाम गरिसकेका रेग्मी स्ट्यान्ड अप कमेडी समेत
गर्न सक्छन् । अहिले भने उनी यस वर्षको गाईजात्राको तयारीमा व्यस्त छन् ।