सद्भाव फैलाउन युवा संघले निकाल्यो बुटवलमा र्याली

Unknown
0

बुटवल, भदौ ३१ ।

युवा संघ नेपाल अञ्चल कमिटि लुम्बिनीले आज बुटवलमा सद्भाव र्याली निकालेको छ । संबिधान निर्माणको खुसीयाली र उत्साह पनि सोहि अवसरमा देखिएको थियो ।

पानी परेका कारण निर्धारित समयमा भने कार्यक्रम शुरु हुन सकेन ।

शान्ति, सामाजिक सद्भाव र एकता कायम गर्नका लागि युवा संघले तराईमा सुरु गरेको अभियान अन्तर्गत  बुटवलको राजमार्ग चौराहदेखि मिडियाचोकसम्म सद्भाव र्याली निकालेको हो ।

आफ्ना हक अधिकारहरु सुनिश्चित गर्नुको सट्टा केही मधेशी दलका नेताहरुले मधेशमा अनेकथरी बखेडा निकालेकोमा युवा संघले आपत्ती जनाएको छ ।

युवा संघ नेपालको केन्द्रीय निर्देशन बमोजिम शान्ति, संविधान र सदभाव कायम गर्नका लागि बुटवलमा यस्तो कार्यक्रमको आयोजना गरिएको युवा संघका लुम्बिनी इन्चार्ज हिमाल श्रेष्ठले नागरिक आवाजलाइ बताए   ।
र्यालीमा युवा संघ नेपालमा आवद्ध युवाहरु, पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरुले सद्भाव फैलाउने कार्यलाई सहयोग गरेर सहभागिता जनाएको  कार्यक्रम संयोजक तुलबहादुर अधिकारीले जानकारी दिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top