खोटाङ, भदौ १७ – वर्षाको पानीले रेडियो लिंक भिजेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
उदयपुरको चित्रेमा रहेको नेपाल टेलिकमको रिपिटर टावरको रेडियो युनिट जिभेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बिहीबार बिहानदेखि सबै प्रकारका टेलीफोन अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा खोटाङका प्रमुख भरोशी शाहले बताउनुभयो ।
बुधबार बेलुका परेको पानीले रेडियो युनिट भिजेपछि ल्याण्डलाईन, नमस्ते तथा स्काई मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलीफोन सेवा अवरुद्ध हुँदा सरकारी, गैरसरकारी र व्यक्तिगत काम प्रभावित भएको छ ।