भैरहवामा जारी भएको निषेधाज्ञाको क्षेत्र बढ्यो

Unknown
0
१६ भदौ, भैरहवा ।
भैरहवामा जारी भएको  निषेधाज्ञाको  क्षेत्र बढेको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गरी निषेधाको क्षेत्र फराकिलो पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।
यसअघि गौतमबुद्ध विमानस्थलस्थित मायादेवी चोकसम्म रहेको निषेधित क्षेत्रलाई संसोधन गरी मायादेवी चोकको पश्चिममा रहेको ९बनगाई० घाघरा खोला पुलसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यसैगरी भैरहवा उत्तरतर्फ नेपाल विद्युत प्राधिकरणको कार्यालयसम्म रहेको निषेधित क्षेत्रलाई संसोधन गरी अंचलपुरस्थित रिलायन्स पेट्रोलपम्पसम्म निषेधित क्षेत्र बढाएको छ ।
प्रशासनले भदौ ५ गतेदेखि ३ चरणमा गरी भैरहवा नगर क्षेत्रलाई भदौ १८ गतेसम्म निषेधित क्षेत्र तोकेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top