गर्भवती भएको कसरी थाहा पाउँने र त्यसका लक्षणहरु

0
पहिलो पटक गर्भवती भएको लक्षणहरु थाहा नपाउँने धेरै महिला हुन्छन् । त्यसमा पनि किशोरीहरु गर्भवती भए भने त झन धेरैले थाहा नपाइरहेका हुन्छन् । गाउँमा त गर्भवती सम्बन्धी जाँच गर्न पाइन्छ भन्नेसम्म धेरैलाई थाहा नभएको अवस्था छ । दर्गम गाउँमा त त्यस्तो सुविधा पाउँन धेरै मुस्किल छ । कुनै कारणले दुई महिनासम्म पनि महिनावारी नभएको अनुभव गरेका किशोरीहरुले त पेट बढेको देखेर मात्र आफु गर्भवती भएको थाहा पाउँदछन । गर्भधारण भएको छ भने निम्न किसिमका लक्षणहरु हुन्छन्ः

महिनावारी रोकिएको हुन्छ,

  • बिहान बिहान वाकवाकी लाग्ने तथा बान्ता पनि हुने (मर्निङ सिक) हुन थाल्दछ,
  • स्तनको आकार बढ्दै जान थाल्दछ, अलिअलि साह्रो पनि भएको अनुभव हुन्छ,
  • समाउँदा वा छुँदा पनि स्तन र स्तनको मुण्टो दुखेको महसुस हुन्छ,
  • पिसाव छिटोछिटो लाग्न थाल्दछ ।

यी लक्षणहरु तथा चिह्न देखिएमा आवश्यकताअनुसार गर्भवती महिलाले गर्भलाई निरन्तरता दिने भएमा सोही अनुसार बिचार गर्ने र तयारी गर्ने । यदि त्यो निरन्तरता दिनु नमिल्ने वा असमर्थ रहेको अबस्थामा आवश्यक सरसल्लाह लिन सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा नै सम्पर्क राख्नुपर्दछ । किनकि जहाँपायो त्याहिँ गराउँदा ज्यान जान पनि सक्छ वा फेरि कहिल्यै पनि बच्चा नहुने स्थिति पनि हुन सक्दछ । गर्भ रहेको शंका लागेमा ४८ घण्टा भित्र स्वास्थ्यकर्मीको सल्लाह अनुसार आकस्मिक गर्भनिरोधको साधनको प्रयोग वा औषधि खान पनि सकिन्छ ।

शहर बजारमा त गर्भ परिक्षण गर्ने गर्भ भए नभएकोे थाहा पाउन टेस्ट किट भन्ने एक किसिमको सामाग्रीको प्रयोग गरेर निश्चित गर्न सकिन्छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top