कुवेतका समाजसेवी भनाउदाहरु चेलीवेटी तस्करीमा संलग्न

0

सुरक्षाका कारण नेपाल सरकारले नेपाली महिलाहरुलाई खाडि मुलुक कुवेत आउन प्रतिबन्ध लगाएको छ ।  वैशाखमा खाडीमा घरेलु कामदारको रुपमा जाने महिलामाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले तत्काललाई स्वीकृति रोकी खाडिमा महिला जान रोक लगाएपनि भारतको दिल्लि बम्बै बाट कुवेत पुराउने गृहोह सकृय छ ।

खाडि जाने महिला असुरक्षित भएको र जिम्मेवारी लिने कुनै निकाए नभएकोले बन्द गर्न परेको सरकारले बताएको थियो । मानसिक सन्तुलन गुमाउने देखि कुमारी आमा बन्ने हरुको लर्कोनै लागेको थियो । कुटपिट अपहेलना देखि काम गरेर पारिश्रामिक नपाउनेहरुको उजुरि पनि उत्तिनै रहेकोले सरकारले नेपाली महिला कामदारलाई श्रम सम्झौता नहुदा सम्म खाडि नपठउने निर्णय गरेको  हो ।  
नेपाली चेलिबेटी खाडि मुलुकमा सुरक्षित नभएको भनि प्रतिबन्ध लगाए पनि कुवेतमा भनि दैनिक नेपाली चेलिबेटि भित्रिने गरेको कुवेतमा कार्यरत युवाहरुको भनाई छ । कुवेतमा समाज सेविको खोलवडि बसेका ब्याक्तिहरुले दिल्ली र बम्बैबाट नेपाली चेलिबटीहरु कुवेत ल्याउने गरेको भैरवाका एक युवाले बताए । बम्बै दिल्लीको बाटो १७/ १८ बर्षका चेलिवेटी  कुवेत ल्याई महङगो रकममा कुवेति साहुलाई बुझाउने गरेको प्रमाण आफूहरुले जम्मा गरेको कुवेतको एक संस्थाले बताएको छ । 
कुवेतमा कार्यरत केहि युवाहरु दिल्ली बम्बैको बाटो चेलिबेटीको तस्कारि गर्नेहरुलाई कारवाही गर्ने तयारिमा लागेको छन । नेपालबाट एउटा महिला कुवेत पुराउदा कुवेति साहुबाट दुईलाख ५० हजार सम्म  पाउने बताईन्छ । 
कुवेतमा कार्यरत युवहारुको समुहले खोलेको नव प्रतिभा युवा क्लवले एक किसिमको अभियान चालेको छ । कुवेता अन्यसंघ संस्थाका प्रतिनिधि पनि सरसल्लाहा गरि  चेलीबेटीको तस्करि गर्नेहरुलाई समाजिक कार्वाहि गर्ने जुटका छन । कुवेतमा खोलेका बिभिन्न संस्थाहरुको अध्यक्ष बनि सबैको आखाँमा छारोहालि चेलिबेटीको तस्कारी गरेको उनीहरुको भनाई छ । हामीहरुले कुन मान्छेले कुन दिन कति चेलिहरु सेटिङमा ल्याएको छ । कहाँ राखेको छ सबै निगरानि राखेका छौ भने । 
सरकारले प्रतिबन्ध लगाएको देशमा गैर कानुनि तरिकाले तेस्रो मुलुकको बाटो खाडि पुराउने ब्यातिहरुलाई सरकारले महिला बेचबिखनको मुद्दा चलाउदै आएको छ । 
मानब बेचबिखन तथा ओसारपसारको आरोपमा दुई साताअघि दुर्गा देवी मल्ल पक्राउ परिन्। चार जना महिलाहरुलाई कुबेतमा रोजगारीमा लगाईदिने प्रलोभनमा पारेर बेचबिखन गर्न भारत तर्फ लैजाँदै गरेको आरोपमा उनी पक्राउ परेकी हुन्। 
भोजपुरकी ३७ वर्षीया ललिता (नाम परिवर्तन), भोजपुरकै ३६ वर्षीया कविता (नाम परिवर्तन), भोजपुरकै ३१ वर्षीया माया (नाम परिबर्तन) र मकवानपुरकी २५ वर्षीया सीता (नाम परिबर्तन) लाई यहिँ असार २० गते पोखरा उप न.पा १५ स्थायी घर भएकी दुर्गा देवि मल्लले बैदेशिक रोजगारीको बहानामा महेन्द्रनगरको बाटो भारत लैजाने क्रममा शान्ति पुनर्स्थापना गृहले सशस्त्र प्रहरीको सहयोगमा बनबेहडाबाट उद्धार गरेको थियो।

उद्धार भएपछि दुर्गा देवि लगायत अरु एक महिला बिरुद्ध मानब बेचबिखन तथा ओसार पसारको मुद्धा दर्ता भएको छ। 

दुर्गादेवि मल्लले बिदेशमा जागिर लगाईदिन्छु भन्दै पासपोर्ट बनाउने खर्च, पासपोर्ट बनाउन जाँदाको खर्च सबै ब्योहोरेको उद्धार भएका महिलाहरुले बताए। अहिले नेपाल सरकारले नेपालबाट खाडी मुलुक जान रोक लगाएको छ, त्यसैले भारत हुँदै जानुपर्छ निःशुल्क भिसा हो एक रुपैया खर्च लाग्दैन भन्दै दुर्गादेविले ल्याएकी हुन।

त्यसैको बिश्वासमा आयौ बुटवलबाट महेन्द्रनगरको गाडीमा चढेपछि बाटोमा पुलिसले चेक गर्न सक्छ मुख छोप्नु, गड्डा चौकी पुगेपछि अर्को मान्छे आउँछ तिमीहरु त्यहिँ मान्छेसँग पालै पालोे मोटरसाईकलमा जानु भनेर सिकाएको उद्धार गरिएकी एक महिलाले बताईन।

कैलालीमा मानब बेचबिखनबिरुद्ध क्रियाशिल संस्था शान्ति पुनर्स्थापना गृहले बैदेशिक रोजगारीको नाममा महिलाहरु बेच्न लगिँदै छन भन्ने सूचनाको आधारमा ससस्त्र प्रहरीको सहयोगमा उनिहरुलाई उद्धार गरिएको संस्थाका कार्यक्रम संयोजक बासुदेब भट्टराईले बताए। बैदेशिक रोजगारीमा लगाईदिने भन्दै पछिल्लो समय कैलाली कञ्चनपुरका नाकाहरु प्रयोग गर्दै युवतिहरु बेच्ने क्रमले तिब्रता पाएको छ।

देशका बिभिन्न जिल्लाहरुबाट दलालहरुले बेचबिखनका लागि कैलाली कंचनपुरका नाका प्रयोग गर्ने गरेको खुल्न आएको छ। पहिला पहिला भारतको मुम्बई शहरमा हुने गरेको महिला बेचबिखनमा केहि हद सम्म न्युनिकरण आएपनि बैदेशिक रोजगारको नाममा खाडी मुलुक लैजाने भन्दै भारतका अन्य शहरहरुमा दलालहरुले बेच्ने गरेका छन। पुर्बी नकाहरुमा कडाई गरेपछि दलालहरुले भारतको दिल्ली पुग्न सजीलो र छोटो हुने भएर पनि पश्चिमी नाकाहरु प्रयोग गर्न थालेको पुनर्स्थापना गृहका संयोजक भट्टराईले बताए। 

संस्थाले आर्थिक बर्ष २०७०/०७१ मा सीमा क्षेत्र तथा भारतका बिभिन्न शहरहरुबाट गरी जम्मा ४१ जना महिला, बालबालीका तथा युवतिहरुको उद्धार गरिएको छ। उद्धार गरिएका ४१ जना मध्ये १५ जनालाई प्रहरीको जिम्मा लगाईएका, एक जनालाई संस्थाको आफ्नै पुनर्स्थापना केन्द्रमा पुनर्स्थापना गरिएको र अन्य २५ जनालाई प्रहरीको रहोबरमा परिवारको जिम्मा लगाईएको संयोजक भट्टराईले जानाकारी दिए।

संस्थाको तथ्याकंमा उद्धार गरिएकाहरुमा सबैभन्दा बढी १० देखि १५ वर्षका २१ जना रहेका, १६ देखि २० वर्षका १० जना रहेका छन। उद्धार गरिएका २६ जना अविवाहित छन भने १५ जना बिबाहित रहेका छन। सुदूरपश्चिमका जिल्लाहरु मध्ये सबैभन्दा बढी कैलालीकै २२ जना रहेका छन भने अन्य जिल्लाहरुमा भोजपुर, नुवाकोट र मकवानपुरका रहेका छन।

कैलालीको मात्र उद्धार गरिएका २२ जना मध्ये सबैभन्दा बढी गेटा गा.बि.स का ७ जना, चौमालाका ५, बौनियाका ४ र अन्य बेलादेबिपुर, गदरीया, मालाखेति, र साडेपानीका रहेका छन। सबैभन्दा बढी दलित १५ जना, जनजाती १४ र बाहुन क्षेत्री १२ जना रहेका संस्थाको तथ्याकंले देखाएको छ। 

आ.ब २०७०/०७१ मा हराएर वा बेपत्ता भएका ३४ वटा उजुरी परेकोमा जम्मा २ जनामात्र भेटिएको, र ३२ जना सम्पर्कमा नरहेको, हराएका मध्ये २० जना अविवाहित छन भने १४ जना बिबाहित रहेका छन। हराएकाकोे उजुरी निबेदनमा दिईएको सम्पर्क नम्बरमा फोन गर्दा सम्पर्क हुन नसकेको शान्ति पुनर्स्थापना गृहका कार्यक्रम संयोजक बासुदेब भट्टराईले बताए।

हराउँदा संस्था वा प्रहरीमा उजुरी दिन्छन र भेटिए पछि सम्पर्कमा नरहने कारणले पनि हराएका ब्यक्तिहरुको तथ्याकं धेरै आएको उनको अनुमान छ।

Source: Setopati
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top